२२ कार्तिक २०८३, आइतबार

हात्ती आतंक नियन्त्रण गर्न वनपथ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १६ माघ । हात्ती आतंक नियन्त्रण गर्न झापाको भद्रपुर नगरपालिका आसपासको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको छ ।

नगर क्षेत्रको १, २, ३ र ४ नम्बर वडामा रहेको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिनुभयो । उहाँका अनुसार वनपथ निर्माणका लागि चालू आव २०७४/०७५ का लागि रु ५५ लाख विनियोजन समेत गरिएको छ ।

“प्रारम्भिक चरणमा रु ५५ लाख बजेट छुट्याएर काम शुरु गरिएको छ” उहाँले भन्नुभयो, “क्रमिकरुपमा बजेट थप गर्दै काम अघि बढाइनेछ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले पर्यटन विकासको सम्भावनासमेतलाई दृष्टिगत गरी सामुदायिक वनलाई जोड्ने आकर्षक र सुरक्षित वनपथ निर्माण गर्न लागिएको बताउनुभयो ।

“भद्रपुर वडा नम्बर १ मा पर्ने दशरथपुर सामुदायिक वन क्षेत्रबाट काम शुरु गरिएको छ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “यो बाटो जंगली हात्तीबाट सुरक्षित हुने गरी निर्माण हुनेछ, सडक किनारका दुवैतर्फ सुरक्षित हात्तीबार, सडकबत्तीसमेतको व्यवस्थापन गरिनेछ ।”

नगरको १ देखि ४ नम्बर वडासम्म पर्ने सामुदायिक वनलाई जोड्ने गरी वनपथका लागि नगरसभाले नै योजना पारित गरेको उहाँले जानकारी दिनुभयो ।

“हात्तीलाई लखेट्नेभन्दा पनि मानिस सुरक्षित हुने गरी हात्ती मार्ग निर्माण गर्न सक्दा प्रभावकारी हुन्छ”, उहाँले भन्नुभयो, “यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।” – रासस