
काठमाडौँ, १५ माघ । आफ्नै गाउँकी एक युवतीको हत्या गरेको आरोममा सिन्धुपाल्चोक भोताङ–८ का ३१ वर्षीय बुले तामाङलाई संयुक्त अरब ईमिरेट्स (यूएई) को प्रारम्भिक अदालतले आइतबार आजीवान कारावासको फैसला सुनाएको छ ।
गत २० मेमा दुवईस्थित ईमिरेट्स हिलको भिल्लामा २५ वर्षीया लप्साङ तामाङको हत्या गरेको पुष्टि गर्दै अदालतले यस्तो सजाय सुनाएको हो । तामाङलाई दुवईको अल अवीर केन्द्रीय कारागारमा राखिएको छ । १५ दिनभित्र पुरावेदन गर्न अदालतले उनलाई मौका दिएको छ ।
सजाय भुक्तानपछि उनलाई युएईबाट निष्कासन गर्नसमेत आदेश दिइएको भएपनि कारावास सजाय कति वर्षमा पूरा हुन्छ भन्ने खुलाइएको छैन । बुलेले लप्साङलाई मार्ने उद्देश्य आफ्नो नभएको बयान अदालतसमक्ष दिएका थिए ।















प्रतिक्रिया