काठमाडौँ, १५ माघ । नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रियसभाका लागि उम्मेदवारी दिएका रामबहादुर थापा ‘बादल’को जित सुनिश्चित गर्न नेकपा (एमाले)ले बेदुराम भुषालको उम्मेदवारी फिर्ता लिने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको छलफलबाट भुषालको उम्मेदवारी फिर्ता लिने निर्णय भएको हो ।
बाम गठबन्धनलाई साना पार्टीहरुबाट सहयोग नहुने भएपछि खुलातर्फ बाम गठबन्धनका २ जना उम्मेदवारको मात्रै जित हुने देखिएको भन्दै बादलको जित सुनिश्चित गर्न भुषालको उम्मेदवारी फिर्ता गर्न लागिएको बताइएको छ ।












प्रतिक्रिया