५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको मुनाफा २५ प्रतिशतले बृद्धि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ माघ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासिकको मुनाफामा २५ प्रतिशतको बृद्धि हासिल गरेको छ । बैंकले गतवर्षको सोही अवधिको शून्य दशमलव ८९ अर्ब रुपैयाँ मुनाफाको तुलनामा चालु आवमा १ दशमलव १२ अर्ब सञ्चालन मुनाफा आर्जन गरेको हो ।

सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवारमार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ बृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।

साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता ३२ दशमलव ८३ करोड भएको हुनाले ७२ दशलमव १४ करोड खुद मुनाफा भएकोमा चालु आवको दोस्रो त्रैमासिकमा बैंकले ५७ दशमलज १७ करोड खुद मुनाफा आर्जन गर्ने सफल भएको छ ।

चालु आवमा बैंकको सञ्चालन मुनाफामा भएको स्वस्थ बृद्धि तथा कर्जामा उल्लेख्य बृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोड रुपैयाँको बृद्धिका बावजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको छ । बैंकको १४० अर्ब रुपैयाँ बराबरको वासलात आकार तथा खुद व्याजदर अन्तरमा निरन्तर सुधारका कारण आगामी त्रैमासिकहरुको मुनाफामा उत्साहजनक वृद्धि हासिल गर्ने बैंकले अपेक्षा गरेको छ ।

वार्षिक विन्दुका आधारमा बैंकले आफ्नो कर्जामा ३५ अर्बबाट १०२ दशमलव २० अर्ब रुपैयाँ तथा निक्षेपतर्फ ४१ दशमलव ४० अर्ब बाट १२० दशमलव ४६ अर्ब रुपैयाँको वृद्धि हासिल गरेको बैंकले जनाएको छ । जुन नेपाली बैंकिङ ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुका आधारमा हासिल गरेको बृद्धिका हिसाबले हाल सम्मकै उच्च बृद्धि रहेको बैंकको दाबी छ ।

बैंकको चुस्तकर्जा असुली प्रणाली तथा अभ्यासका कारण गतवर्ष ० दशमलव ७२ प्रतिशत रहेको खराब कर्जामा उल्लेख्य सुधार आई यस वर्ष ० दशमलव २६ प्रतिशत कायम राख्न सफल भएको छ । साथै, बैंककोे पूँजी पर्याप्तता अनुपात १३ दशमलव ५९ प्रतिशत रहेको छ ।

बैंकले देशभर आफ्नो विस्तारित शाखा सञ्जाल, १५९ शाखा तथा १४७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंक आफ्नो दीर्घकालीन रणनीति अनुरुप थप शाखा सञ्जाल तथा सेवा केन्द्रहरु विस्तार गरी भौगोलिक उपस्थितिका हिसाबले देशकै अग्रणी बैंक बन्ने लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयासरत रहेको बैंकले जनाएको छ ।