राजविराज, १४ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बरहिवीरपुरमा ट्रयाक्टरको ठक्करबाट आइतबार ६५ वर्षीय ठिठर मरिकको मृत्यु भएको छ ।
सदरमुकाम राजविराजदेखि ११ किमी दक्षिण–पश्चिम भित्री सडकखण्डअन्तर्गत बरहिवीरपुरमा को २ त ५५२३ नम्बरको ट्रयाक्टरले उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएकामा उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । –रासस












प्रतिक्रिया