५ कार्तिक २०८३, बिहिबार

हिमपातको वार्षिक आयव्यय झण्डै २ करोड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, १४ माघ । हिमपात कृषि सहकारी संस्था लिमिटेड चन्द्रौटा कपिलवस्तुको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीको साधारणसभामा अध्यक्ष शिवराज सुवेदीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले १ करोड ८६ हजार ७५ हजारको आयव्यय विवरण सार्वजनिक गर्नुभयो ।

वार्षिक साधारण सभा उद्घाटन गर्दै क्षेत्र नं. ३ (१) का प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले छोटो समयमा हिमपातले जिल्लामै पहिचान बनाउन सफल भएको चर्चा गर्नुभयो । उहाँले सहकारीलाई जिल्लामै उत्कृष्ट बनाउन सदस्यता विस्तार, आर्थिक पारदर्शिता र दीर्घकालिन योजनाका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सहकारीलाई शुभकामना दिँदै यसको नीतिगत व्यवस्थामा सुधार गरी सकारात्मक परिवर्तनमा लाग्न जिकिर गर्नुभयो ।

यसका साथै नेपाल कृषि सहकारी संघ, वन तथा वातावरण विभाग सदस्य कुमारमधु बेल्बासे, समाजसेवी क्षेत्रबहादुर खत्री, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा, साना किसान विकास बैंक बुटवल शाखा प्रवन्धक शेर बहादुर चौधरी लगायतले सहकारीले सुशासन, व्यवस्थापन र पारदर्शितालाई विशेष सुधार गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमको अवसरमा ५ जना उद्यमी, ३ वटा असल समूह, १ जना असल ऋणि र २ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको अध्यक्ष शिवराज सुवेदीले जानकारी दिनुभयो ।