३१ आश्विन २०८३, शनिबार

नेवाः फूड फेस्टिवलमा भाग लिन मंचका अध्यक्ष जापानमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापान । जापानीहरूका बीचमा नेवार खाना संस्कृतिको पर्वद्धन गर्ने उदेश्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुँ दंको उपलक्ष्यमा आयोजित नेवाः फुड फेस्टिवल २०१८ मा भाग लिन नेवाः जागरण मंचका अध्यक्ष सुजीवसूर्य बज्राचार्यसहितको टोली जापन आइपुगेको छ ।

टोलीमा संयोजन समितिका सदस्यहरू निरन्जन रत्न शाक्य र मचाराजा महर्जन रहेका छन् । उनीहरूलाई हानेदा विमानस्थलमा आयोजकका तर्फबाट वर्ल्ड नेवाः अर्गनाईजेन जापानका संयोजक तथा नेवाः जागरण मंच जापानका सल्लाहाकार सुनिलकुमार शाक्यले स्वागत गरेका थिए ।

जापानीहरूमाझमा नेवार खाना तथा संस्कृतिको प्रचार तथा पर्वद्धन गर्न गरिकोमा आयोजकलाई धन्यवाद दिंदै आफूहरू यस कार्यक्रममा सहभागी हुन् पाउँदा अत्यन्त खुशी भएको अध्यक्ष बज्राचार्यले बताए ।