२९ आश्विन २०८३, बिहिबार

बैंकर्स संघको अध्यक्षमा पौडेल, उपाध्यक्षमा शाह र ब्रज्राचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-Shah-Mega-Bankकाठमाडौँ, २० मंसिर । नेपाल बैंकर्स संघमा उपेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा सम्पन्न २८ औं साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

अध्यक्षका लागि पौडेलको मात्रै उम्मेद्धारी दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभयो ।

त्यसैगरी मेगा बैंकका सिईओ अनिल शाह र ग्लोवल आइएमइका सिइओ रत्नराज ब्रज्राचार्य उपाध्यक्षमा निर्वाचित हुनुभयो ।

संघको कार्यसमिति सदस्यहरुमा नबिल बैंकका सीईओ अनिल ज्ञवाली, बैंक अफ काठमाण्डूका सीईओ अजय श्रेष्ठ, एनबी बैंकका ज्ञानेन्द्र ढुंगाना, सिभिल बैंकका किशोर महर्जन, राष्ट्रिय वाणिज्य बैंकका कृष्णप्रसाद शर्मा, स्ट्यान्डर्ड चार्टर्ड बैंकका पीजे सिलभानुस र सानिमा बैंकका भुवन दाहाल हुनुहुन्छ ।