अमेरिका, १३ माघ । अमेरिकामा रहेका १ लाख ८० हजार शरणार्थीलले ग्रीन कार्ड पाउने भएका छन् । डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न समयमा अमेरिका प्रवेश गरेका शरणार्थीहरुलाई ग्रीन कार्ड दिने भएको हो ।
गत बिहिबार ह्वाइटहाउसका यस सम्बन्धी कुरा उठेको हो । तर राष्ट्रपति ट्रम्प भने यसमा निर्णयसँग पूर्ण रुपमा सन्तुष्ट छैनन् । र यो निर्णय ट्रम्प प्रशासनको अन्तिम निर्णय पनि होइन ।
ह्वाइटहाउसले गरेको अन्य दुई निर्णयको भने राष्ट्रपति ट्रमले विरोध नै गरेका छन् । आफूलाई स्वघोषित शरणार्थी ठानेर निरन्तर अवैधानिक रुपमा प्रवेश गर्ने शरणार्थीका लागि उनले ग्रीन कार्ड नदिने बताए । त्यस्तै ग्रीन कार्ड पाउनेको अविभावक र सन्तान बाहेक अरुले अमेरिका प्रवेश नपाउने नितिमा उनी अडिग रहे ।
सन् १९९५ बाट लगातार सञ्चालनमा रहेको डिभी कार्यक्रम ह्वाइट हाउसले रोक गर्ने योजना समेत बनाएको छ ।















प्रतिक्रिया