३१ आश्विन २०८३, शनिबार

नेदरल्याण्डको पर्यटनदूतमा पाण्डे नियुक्त

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेदरल्याण्डमा रहेका केशबराज पाण्डेलाई पर्यटनदूतमा नियुक्त गरेको छ ।

लामो समयदेखि नेदरल्याण्डमा बस्दै आएका एनआरएनए नेदरल्याण्डका वरिष्ठ उपाध्यक्ष समेत रहेका पाण्डेलाई पर्यटन बोर्डले नेपालको कला, संस्कृति तथा पर्यटनको पर्वद्धन तथा प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका निभाउन सक्ने विश्वासका साथ नेदरल्याण्डका लागि पर्यटनदूत नियुक्त गरेको हो ।

नेदरल्याण्डलाई कर्मथलो बनाउँदै आएका पाण्डेले पर्यटनबोर्डले दिएको उक्त जिम्मेवारीले थप हौसला दिएको बताउँदै नेपालको पर्यटन पर्वद्धनमा लाग्ने उनले बताए ।

पछिल्लोपटक सरकारले युरोप, अमेरिका तथा अष्ट्रेलियामा रहेका विभिन्न क्षेत्रमा कार्यरत नेपालीलाई नेपालको पर्यटन पर्वद्धनका लागि पर्यटनदूत नियुक्ति गर्ने क्रम जारी राखेको छ ।