२२ कार्तिक २०८३, आइतबार

चितवनका जनप्रतिनिधिले लिए काम, कर्तव्य र अधिकार सम्बन्धी प्रशिक्षण

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ माघ । पूर्वी चितवनको कालिका नगरपालिकाका स्थानीय प्रतिनिधिहरुलाई काम, कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिइएको छ । शुक्रबार सकिएको स्थानीय तह संचालन तथा व्यवस्थापन सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रममा स्थानीय तहका नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारीहरु सहभागी रहेको थिए ।

प्रशिक्षण कार्यक्रममा मुलुकी ऐन, नेपालको संविधान, संघीय राज्य सरकार, प्रदेश सरकार र स्थानीय तहको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्र सिंह तमाङ र पञ्जिकरण विभागका निर्देशक विशाल भारद्धाजले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, उप–प्रमुख कमला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, ११ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सबै वडाका वडा सदस्यहरु र नगरपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो ।