२२ कार्तिक २०८३, आइतबार

साढे चार महिनादेखि महिला बेपत्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामपुर (पाल्पा), १२ माघ । रामपुर नगरपालिका–८ कुमराङका थमकुमारी थापा ठाडा विगत साढे चार महिना देखि बेपत्ता भएकी छिन् ।

गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, सार्थीभाइ कहाँ खोजीकार्य गरेपनि उनी अझै फेला पर्न नसकेको वडाअध्यक्ष बोमबहादुर नामजालीले बताए ।

घरनजिकै कालीगण्डकी रहेकाले आफन्त साथीभाई सबैले नदीमा पसेको शंका गरेपनि उनी अहिलेसम्म फेला पर्न नसकेको उनले बताए । एक नाबालक छोरा, श्रीमान् र सासू ससुरासँगै बस्दै आएकी ठाडा अहिलेसम्म फेला पर्न नसक्दा परिवार चिन्तित बनेका छन् । –रासस