२२ कार्तिक २०८३, आइतबार

वृद्धवृद्धाका लागि सल्यानमा ‘निरन्तर कक्षा’ संचालन हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान ११ माघ । यस वर्ष जिल्लाका २ हजार ४३० जनाका लागी प्रौढ शिक्षा अन्तर्गत ‘निरन्तर कक्षा’ संचालन हुने भएको छ । जिल्ला शिक्षा कार्यलय सल्यानले यस वर्ष प्रौढ शिक्षा अन्तरगत ‘निरन्तर कक्षा’ संचालन गर्न लागेको जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले निरन्तर कक्षा संचालनको तैयारी तीव्र रुपले अगाडी बढी रहेको बताए । उनले भने, ‘हामीले निरन्तर कक्षा संचालनका लागी सामुदायिक सिकाई केन्द्र स्थापना गरि परिचालिका मार्फत कक्षा संचालन गर्न लागेका छौँ ।’

निरन्तर कक्षा संचालनका लागी पहिलो चरणको सहजकर्ताको तालीम बिहीबार सदरमुकाम खलंगामा सम्पन्न भएको छ । पहिलो चरणको यस तालीममा शारदा नगरपालिका, कपुरकोट गाउँपालिका र कालीमाटी गाउँपालिकाका सहजकर्ताहरुको सहभातिगा रहेको थियो ।

एक नगरपालिका र दुई गाउँपालिकाबाट ४७ जना सहजकर्ताहरुको सहभागीता रहेको शारदा नगरपालिका–२ की सिकाई केन्द्रकी परिचालिका मुना हमालले बताईन् । उनले भनिन् ‘हामीले यसरी प्रौढ कक्षा पढेका वृद्धवृद्धालाई आफुले जानेका कुरा सिकाउन पाउदा निकै खुशी महसुस गरि रहेका छौँ ।’

गत वर्षहरुमा साक्षर कक्षा लिएकाहरुले आफुले जानेका कुरालाई निरन्तरता दिनका लागी निरन्तर कक्षा संचालन गरेको जिशिअ सुवेदीले बताए । पहिलो चरणको तालीम लिइसकेका सहजकर्ताहरुले आप्mनो क्षेत्रमा गएर माघ १५ गतेदेखि नै निरन्तर कक्षा संचालन गर्ने उनले बताए ।

जिशिअ सुवेदीले भने ‘यो निरन्तर कक्षा ३ महिनाको हुनेछ । माघ १५ देखी शुरु हुन लागेको निरन्तर कक्षा बैशाख १५ गते सक्ने भनेर योजना बनाएका छौँ ।’ निरन्तर कक्षा पहिलो चरणमा ६ सय ४५ जना लाभान्वित हुने छन् ।
यसै गरि जिल्लाका सम्पुर्ण नगरपलिका र गाउँपालिकामा पनि निरन्तर कक्षा संचालन गर्न लागेको उनले बताए । अब दोस्रो चरणमा पनि सहजकर्ताका लागी तालीमको आयोजना गरेको र छुटेका नगरपालिका र गाउँपालिकाहरुमा छिट्टै निरन्तर कक्षा संचालन गर्ने योजना रहेको उनले सुनाए ।

सामुदायिक सिकाई केन्द्रका सहजकर्ताहरुका लागी माघ ७ गते बाट शुरु भएको तालीमको सहजीकरण जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक लिलाधर बवाल, आरपी वीरबहादुर सेजुवाल र आरपी रोमप्रकाश पाण्डेले गरेका थिए ।