२२ कार्तिक २०८३, आइतबार

रौतहटमा लायन्स रेसुङाद्वारा न्यानो लुगा बितरण

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । केही दिन यता तराईका अधिकाशं जिल्लामा चिसो बढे सगैं त्यहा परेको प्रभाबलाई मध्यनजर गरी लायन्स क्लब अफ काठमाडौ रेसुङाले न्यानो लुगा बितरण गरेको छ ।

मानवीय सेवामा समर्पित महिला क्लब रेसुगांले रौतहटको गौर स्थित जाघर बस्तीका ४ सय ५० परिवार र रौतहटकै गरुणामा अवस्थित बशिंधर अनाथ आश्रममा आश्रीत ३० जना बालबालिकालाई न्यानो लुगा बितरण गरेको हो ।

चिसोको मौसम तराईको कुहिरो र हुस्सु स साना नानीहरुको शरीरमा एकसरो लुगा पनि नभएको अवस्था ,वृद्ध बृद्धाको पनि त्यस्तै दयनीय अवस्था देखेर काठमाडौबाट रौतहट पुगेर न्याना लुगा हस्तान्तरण गरेको क्लबका अध्यक्ष यमुना भण्डारीले बताइन् ।

सुईटर,सल,ट्राउजर,ज्याकेट ,बच्चाको सेट लुगा , ओढ्ने ,ओछ्याउने ब्लान्केट , गरी करिब ४लाख ६० हजार मुल्य बराबरको सामान वितरण गरेको लायन्स क्लबका कोषाध्यक्ष रीता खनालले जानकारी दिइन ।

अति बिपन्न परिवारको बसाई रहेको उक्त गाउमा अहिले सम्म सहयोगका लागि कोही पनि नपुगेको र चिसोबाट अति प्रभाबित भएको सुनेर राहत लिएर पुगेको तृतिय उपाध्यक्ष बिण्णु बरालको भनाई थियो ।

क्लबका अध्यक्ष यमुना भण्डारी , तृतिय उपाध्यक्ष बिण्णु बराल, कोषाध्यक्ष रीता खनाल र सदस्य उर्मिला रसायली लगायतको टोली रौतहट पुगेर न्याना लुगा हस्तान्तरण गरेको हो ।