२२ कार्तिक २०८३, आइतबार

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पहारिको घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा (कास्की), १० माघ । प्रदेश नम्बर ४ अन्तर्गतको कास्कीका सांसद एवम् युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पहारिले फेवा ताल संरक्षणको काम शुरु भएको घोषणा गरेका छन् । प्रदेश चारको पर्यटन र समग्र विकाशको आशा र भरोशाको रुपमा रहेको फेवा ताल अब कुनै पनि वहाना र प्रपंचको खेलमा पर्न नदिने भन्दै उनले अब आफु ज्यान फालेर भएपनि सो तालको आकार बढाउन लागि पर्ने उद्घोष गरे ।

पहारिले पत्रकार सम्मेलनमार्फत सोको जानकारी दिएका हुन् ।.फेवाको आकार बढाउने काम सपथ लिएको एक हप्तामा शुरु गर्ने बताएका पहारीले केहि पेपर र कानुनी प्रक्रिया शुरु भएको भन्दै अब कुनै कसर बाँकी नराखी स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारसँगको सहकार्यमा सरोकारवाला निकायको सहभागितामा अब पहिलेकै फेवा बनाउने बताए ।

उनले अब हुने प्रदेश संसद्को पहिलो बैठकमा आफुले फेवाताल संरक्षण सम्बन्धी अति जरुरि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भन्दै सो प्रस्ताव दर्तापछि अझ बढी काम गर्ने फराकिलो बाटो बन्ने बताए । कुनै राजनीतिक एवम् अन्य आग्रह पूर्वाग्रहविना सो कार्य सम्पन्न गराएरै छाड्ने उनको जिकिर थियो ।

‘जनताको सेबक हुँ, कसैको व्यक्तिगत स्वार्थ आफ्नो लागि गौण भएको र त्यो भन्दा माथि अधिक जनताको आशा र विश्वासलाई नै मुख्य लक्ष्य बनाएको छु’ पहारीले भने, ‘कसैको डर धम्की आए त्यसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’