कैलाली, ९ माघ । कैलाली प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।
सोमबार राति उनीहरुलाई गोदावरी नगरपालिका–२ अत्तरियाबाट नलकटुवा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का चेतन कार्की र प्रविन कठायत रहेको उनले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले जानकारी दिए । –रासस












प्रतिक्रिया