अमेरिका । दुवै मृगौला खराव भएका गायक ओमबिक्रम बिष्टले आफू निको भएमा अमेरिकामा निःशुल्क गीत गाउने बताएका छन् ।
उनले यो कुरा डिसी महानगर क्षेत्रको भर्जिनियामा अन्तरराष्ट्रिय नेपाली कलाकार समाजले सांस्कृतिक साँझ नामक कार्यक्रमबाट प्राप्त रकम हस्तान्तरण गर्ने एक कार्यक्रममा भनेका हुन् ।
गत जनवरी २० तारिखमा सम्पन्न बिष्ट सहयोगार्थ सांस्कृतिक साँझ कार्यक्रमबाट उनलाई ११ हजार डलर अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका पदाधिकारीले रकम हस्तान्तरण गरेका छन् ।
न्यू योर्कमा हप्ता तीन पटक डायलसिस गराई रहेका बिष्ट चिकित्सक तथा बीमा संस्थाको बिशेष सिफारिस तथा निर्देशनमा सांस्कृतिक साँझ कार्यक्रमको लागि डिसी आएका हुन् ।
बिष्टको स्वास्थ्य उपचारको सहयोगार्थ कोष वृद्धि गर्ने उदेश्यले गरिएको सांगीतिक कार्यक्रममा अपेक्षा गरेभन्दा निकै कम दर्शक आएका थिए ।
















प्रतिक्रिया