२२ कार्तिक २०८३, आइतबार

पाँचौ राष्ट्रिय पुस्तक दिवस मनाइयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ माघ । पाँचौ राष्ट्रिय पुस्तक दिवस २०७४ मनाइएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ जिल्ला शाखा काठमाडौँले प्रभात फेरी तथा अन्र्तक्रिया गरि पुस्तक दिवस मनाएको हो ।

दिवसको अवसरमा काठमाडौँ खसिबजारस्थित शहिदशुक्र माविमा सम्पन्न पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक दिवसको महत्व विषयमा अन्तक्र्रिया समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले विद्या वा ज्ञान आफैँमा अनन्त शक्ति भएकोले पुस्तकको महत्व बढेको बताए । उनले अब पुस्तकालयमा मात्र पुस्तक नअटाउने भएकाले ई–पुस्तकको विकास गर्नको लागि व्यवसायीलाई सुझाव दिए ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालाई भौतिक बस्तुको रुपमा छापिएका पुस्तकमा राखेर हालको पुस्तालाई बाध्न नसकिएकाले अब पुस्तक ग्याजेटको रुपमा जानुपर्ने भाव व्यक्त गरे । उनले अबको सोच माइक्रो चिप्समा जाने हुनाले वातावरण संरक्षणका लागि पनि औलाको टुप्पाले अक्षरको साइज बदल्ने सक्ने पुस्तक निर्माणमा ध्यान दिनुपर्ने बताए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हरि अर्यालले भ्यालेन्टाइनमा कराडौँको फुल बिक्ने नेपालमा अझै पुस्तक किन्ने बानी नबसेको बताए । उनले विद्यालयको पाठ्यपुस्तकको छपाईमा जनक शिक्षाको एकाधिकार भएकोले यसलाई हटाउन माग समेत गरे ।