६ कार्तिक २०८३, शुक्रबार

मधेश केन्द्रित दलका नेता छलफलका लागि ओली निवास बालकोटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-finalकाठमाडौँ, १९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका लागि छलफललाई तिव्रता दिनुभएको छ ।

उहाँले संविधान निर्माणकै विषयमा छलफल गर्न मधेश केन्द्रित दलका नेताहरुलाई आफ्नो निवास बालकोटमा बोलाउनु भएको छ ।

ओलीका स्वकीय सचिव रमेश आचार्यले दिएको जानकारी अनुसार अहिले मधेश केन्द्रित दलहरुसँग छलफल भइरहेको छ ।

ओली निवासमा भइरहेको छलफलमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार, तराईमधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेता सहभागी हुनुहुन्छ ।
बैठकमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि सहभागी हुनुहुन्छ । त्यसैगरी उपाध्यक्षहरु बामदेब गौतम, विद्या भण्डारी र भीम रावल पनि बैठकमा उपस्थित हुनुहुन्छ ।

छलफलमा संविधान निर्माण, राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा कुराकानी हुने बुझिएको छ ।