
पोखरा, ७ माघ । प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यले आइतबार सामूहिक रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश नम्बर ४ का ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा उनहरूलाई शपथ गराए । ज्येष्ठ सदस्य श्रेष्ठले यसअघि आइतबार बिहान नै प्रदेश प्रमुख बाबुराम कुँवरसँग पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रदेश नम्बर ४ मा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, लमजुङ, गोरखा, मनाङ र कास्की जिल्ला पर्छन् । –रासस












प्रतिक्रिया