२२ कार्तिक २०८३, आइतबार

डोटीको आन्दोलनमा ३ दिनमा ५ जनाको खुट्टा भाँचियो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली
डोटी, ७ माघ । प्रदेश नम्बर ७ को अस्थायी राजधानी दिपायल हुनुपर्ने माग गर्दै डोटीमा उग्र बन्दै गएको आन्दोलनमा ३ दिनमा ५ जनाको खुट्टा भाँचिएको छ ।
आन्दोलनकारीहरु र प्रहरीबिच झडपका क्रममा उनीहरुको खुट्टा भाँचिएको हो ।

गत पुस १२ गतेबाट शुरु भएको आन्दोलनको २३ औँ दिन माघ ४ गते बिहिबार क्षेत्रीय प्रशासन कार्यालय अगाडी राजपुरमा भएको झडपका क्रममा राजपुरकै बासिन्दा भरत विकको खुट्टा भाँचिएको हो । उनको नेपालगञ्जमा उपचार गरिएको जनाइएको छ ।

त्यस्तै २४ औँ दिन माघ ५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी सिलगढीमा भएको झडपमा परि एकै दिन ३ जनाको खुट्टा भाँचिएको छ । प्रहरीसँगको झडपमा सिलगढी इन्द्रचोकका सुरेन्द्र केसी, थाप्लाका ललित मलासी, र लक्ष्मी टोलका अनुजराज श्रेष्ठको खुट्टा भाँचिएको हो । उनीहरु तीनै जनाको जिल्ला अस्पताल सिलगढीमा उपचार गरिएको छ ।

त्यस्तै २५ औँ दिन पुनः क्षेत्रीय प्रशासन कार्यालय अगाडी राजपुरमा भएको झडपमा परि घनश्याम दत्त पाठकको खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि धनगढी रिफर गरिएको छ ।

वर्षाैंदेखि दिपायल राजधानी रहँदै आएकोमा वर्तमान सरकारले प्राप्त अधिकार खोसेर कैलाली पु-याएको भन्दै आक्रोशित आन्दोलनकारीहरुले विभिन्न सरकारी कार्यालय र प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रु ग्याँस प्रहारसँगै लाठी चार्ज र ढुङ्गामुढा समेत गरेपछि दोहोरो झडप हुने गरेको छ ।

झडपमा विभिन्न दलका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु, सर्वसाधारण नागरिकका साथै पत्रकार समेत चोट लागेको छ । आइतबार २६ औँ दिन पनि आन्दोलन जारी रहेको छ ।