३१ आश्विन २०८३, शनिबार

एनआरएनएद्वारा अफ्रिकाका सुस्त मनस्थितिका विद्यार्थीलाई सहयोग प्रदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नाइजेरिया । गैर आवासीय नेपाली संघ नाइजेरियाद्वारा लेगोसको याबास्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रीटमेन्ट होम स्कुलमा संघका तर्फबाट विद्यार्थीलाई खाद्यान्न लत्ता कपडा लगायतका सामाग्री एक बिशेष कार्यक्रमबीच स्कुलका प्रीन्सिपल म्याडम रबियुलाई हस्तान्तरण गरिएको छ ।

संघले गत तिहारमा देउसी खेली संकलन गरेको रकम कर्मदेशमा परोपकारी कार्यमा पहिलो चोटी सहयोग प्रदान गरेको हो ।

कार्यक्रममा संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा, नाइजेरिया अध्यक्ष जनक बिष्ट, आइसिसी सदस्य चिरञ्जीवी रोका, महिला उपसंयोजक मन थापा, उपाध्यक्षहरू उर्मिला रोका र बिश्वास पौडेल, महासचिव रोशन थापा, कोषाध्यक्ष रोहित भाङ्गर, महिला संयोजक अन्जु पौडेल, सदस्य दुर्गा बिष्ट, आशा सरकार लगायतको उपस्थिती रहेको थियो ।

सन १९६० मा स्थपित उक्त स्कुलमा ४५० जना सुस्त मनस्थितिका बिद्यार्थी आबासीय रुपमा अध्ययनरत छन ।