काठमाडौँ, ६ माघ । प्रदेश नम्बर १ का प्रदेश प्रमुख डा. गोविन्द सुब्बालाई शनिबार काठमाडौँमा प्रादेशिक राजधानी धनकुटा निर्माण समिति काठमाडौँ र काठमाडौँमा रहेका धनकुटेलीहरुले बधाई दिएका छन् । सुब्बालाई बधाई दिँदै उनीहरुले १ नम्बर प्रदेशको राजधानी धनकुटालाई बनाउन भइरहेको आन्दोलनको बारेमा जानकारी गराएका थिए ।
उनीहरुले सुब्बा समक्ष धनकुटामा पनि प्रदेश सभाको बैठक बोलाउन अनुरोध गरेका थिए । प्रदेश नम्बर १ का प्रदेश प्रमुख डा. सुब्बा र भौतिक पूर्वाधार तथा यातायत राज्यमन्त्री सिता गुरुङलाई प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति तथा नेपाली काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, सम्पर्क समितिका सभापति भिम थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराईली, अभियान्तहरु डम्बर बस्नेत, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठलगायतले प्रदेशको राजधानी माग गर्दै धनकुटामा भैरहेको आन्दोलनको बारेमा जानकारी गराए ।
सो अवसरमा डा. सुब्बालाई १ नम्बर प्रदेश प्रमुखमा नियूक्ति भएकोमा अभियान समिति र धनकुटेलीहरुको तर्फबाट बधाईका साथ सफल कार्यकालको हार्दिक शुभकामना दिएका थिए ।












प्रतिक्रिया