काठमाडौँ, ६ माघ । स्थानीय फर्पिङमा सुमोको ठक्करबाट स्कुटर चालक दक्षिणकाली नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ ।
शुक्रबार राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना १ ज ३३७५ नम्बरको टाटा सुमोले बा ५७ प ३०७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा गुडिरहेको सुमोले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा शनिबार बिहान २ः३० बजे बयोधा अस्पतालमा निधन भएको जानकारी दिए । टाटा सुमोसहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङले नियन्त्रणमा लिएको छ । –रासस












प्रतिक्रिया