६ कार्तिक २०८३, शुक्रबार

लालीगुराँसको बोक्रा प्रहरीको नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laligurasपाल्पा, १९ मंसिर । पाल्पाको बल्ढेङगढी गाविसको एउटा पसलमा लुकाइछिपाई राखिएको ठूलो मात्रामा लालीगुराँसको बोक्रा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बल्ढेङगढी प्रहरी चौकीदेखि झन्डै १५ मिनेट नजिकैको मीनबहादुर रास्कोटीको पसलमा लुकाएर राखेको लालीगुराँसको तीन बोरा बोक्रासहित रास्कोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पाल्पा जिल्लाका बल्ढेङगढी, जुठापौवा र सत्यवती दुर्गम गाविसअन्तर्गत पर्ने भएकाले तस्करहरू अवैध रुपमा यहाँका जडीबुटी रुपन्देही जिल्लाको सालझण्डीमा निकासी हुने गरिएको छ ।

स्थानीयअनुसार ठूलो मात्रामा अवैध रुपमा लालीगुराँसका बोक्रा लुकाएर निकासी गर्न थालेको बताएका छन् । राजनीतिक दलको संरक्षणमा विगतमा पनि यहाँबाट लालीगुराँसको बोक्रा अवैध ढङ्गबाट निकासी हँुदै आएको थियो ।