प्युठान, ५ माघ । प्युठानको सरुमारानी–४ जस्पुरबाट दाङका लागि छुटेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दाङको बंङ्गलाचुली गाउँपालिका ७ आमडाँडामा लु १ ज २६५४ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि २५ वर्षीय कविराम बरालको घटनास्थल मै मृत्यु भएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए । जिपका सहचालक २१ वर्षीय सुदन बिक र ६५ बर्षीया मोम बहादुर पल्ली गम्भीर घाईते छन् । दुर्घटनाका मृतक र घाइते सरुमारानी ४ निवासी हुन् । जिपमा ५ जना सवार रहेका थिए ।












प्रतिक्रिया