६ कार्तिक २०८३, शुक्रबार

बाबुराम भन्छन– माघ ८ मै संविधान जारी हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241भद्रपुर, १८ मंसिर । एमाओवादीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको नयाँ संविधान आगामी माघ ८ मै आउने विश्वास व्यक्त गर्नुभएको छ ।

भद्रपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले नयाँ संविधान सहमतिकै आधारमा जारी गरिने बताउनुभयो ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहनुभएका वरिष्ठ नेता भट्टराईले संविधानका विषयमा राजनीतिक दलहरूबाट आएका प्रस्ताव संभवतः शुक्रबार संविधानसभामा प्रस्तुत गरिने जानकारी पनि दिनुभयो ।