६ कार्तिक २०८३, शुक्रबार

बलात्कारपछि मञ्जुदेवीको हत्या गर्ने दुई जना जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hathkadiगौशाला, १८ मंसिर । बलात्कारको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई बिहीबार पूर्पक्षका लागि जेल चलान गरेको छ ।

जेल चलान हुनेमा जिल्लाको गौशाला नगरपालिका– ११ बस्ने १९ वर्षीय लक्ष्मणकुमार मुखिया र श्रीपुर गाविस– ३ बस्ने ४२ वर्षीय श्यामकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जेल चलान भएका अभियुक्तहरुले श्रीपुर गाविस– २ बस्ने २० वर्षीया मञ्जुदेवी मण्डललाई गत साउन ६ गतेका राति छ जनाको समूहमा सामूहिक बलात्कार गरी श्रीपुर– ६ स्थित आँपको रुखमा निजलाई साडीको पासो लगाई झुन्डाएर मारेको आरोप रहेको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहँदै आएका दुवै जनालाई प्रहरीले गत कात्तिक २० गते भारतबाट नेपाल आउने क्रममा सीमा क्षेत्रमा पक्राउ गरेको थियो भने अनुसन्धानपछि उनीहरुलाई जिल्ला अदालतले पूर्पक्षको लागि जेल चलान गरेको हो ।

सो घटनामा संलग्न रहेका चारजना अझै फरार रहेका छन् । रासस