६ कार्तिक २०८३, शुक्रबार

पार्टी फुटको औचित्य पुष्टि गर्न चन्दलाई गुरुङको चुनौती

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dev Gurungबुटवल, १७ मंसिर । नेकपा–माओवादीका सचिव देव गुरुङले नेत्रविक्रम चन्द विप्लवले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्ने बताउनुभएको छ ।

नेकपा–माओवादी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव गुरुङले सैद्धान्तिक, राजनीतिक वैचारिक रुपले पार्टी फुटको औचित्य पुष्टि गर्न चन्दलाई चुनौती दिनुभयो ।

उहाँले आवेश र उत्तेजनामा आएर पार्टीसँग सम्बन्धबिच्छेद गरेको आरोप लगाउँदै व्यक्तिगत पद प्रतिष्ठाको राजनीतिले कम्युनिस्ट बन्न नसकिने बताउनुभयो ।

उहाँले यो संविधानसभाबाट जनताले चाहेजस्तो संविधान बन्न नसक्ने बताउँदै भन्नुभयो– संविधानसभा विघटन हुनुपर्छ ।

सरकारमा रहेका नेपाली काँगे्रस, नेकपा एमालेलगायतका दलले नाम मात्रको संविधान ल्याउन खोजिरहेका छन् । नाम मात्रको संविधानले देशलाई समाधान दिन सक्दैन ।