नवलपरासी, ४ माघ । नवलपरासीको त्रिवेणीधामको माघे औँसी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्रयाक्टर मंगलबार दुर्घटना हुँदा एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते भएका छन् ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु बोकेर आएको युपी ५३ बी क्यू ०४२० नम्बरको ट्रयाक्टर विनयी त्रिवेणी गाउँपालिका–६ को तटियाखोलामा पल्टिएको थियो ।
ट्रयाक्टर पल्टिदा चालक भारत गोरखपुरका साधु केबटको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका सबै भारतको गोरखपुरका बासिन्दा हुन् ।
भारतको गोरखपुरबाट माघे औँसीका अवसरमा त्रिवेणीधाममा नुहाउन र पूजाआजा गर्न आएका तीर्थालु चढेको ट्रयाक्टर पल्टिदा सो दुर्घटना भएको थियो । –रासस












प्रतिक्रिया