२२ कार्तिक २०८३, आइतबार

तराईमा युवा संघले न्यानो कपडा वितरण गर्ने

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । युवा संघ नेपालले शीतलहरबाट प्रभावित तरार्इका जिल्लामा संगठनको सक्रियतामा न्यानो कपडा वितरण गर्ने भएको छ ।

तरार्इका शीतलहर पीडित जिल्लाहरु सिराहा, महोत्तरी र सप्तरीमा लत्ताकपडा र कम्बललगायतका सामग्री वितरण गर्ने भएको हो । संगठनका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक टोली ती क्षेत्रमा जाने भएको छ ।

युवा संघको बुधबार बसेको बैठकले त्यससम्बन्धि निर्णय गरेको हो । प्राकृतिक प्रकोपबाट समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग गर्न जिल्ला संगठनलाई निर्देशनसमेत दिएको प्रवक्ता प्रभातविक्रम कटुवालले बताए ।

संगठनका अध्यक्ष पहारीको नेतृत्वमा एक टोली शुक्रबार कपडासहितको राहत लिएर प्रभावित क्षेत्रमा जाने निर्णय बैठकले गरेको हो । उक्त संगठनको विपद् न्यूनीकरण विभागले स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी राहत वितरण गर्ने कटुवालले बताएका छन् ।

संगठनका जिल्ला कमिटिहरु परिचालन गरी जिल्ला प्रशासन कार्यलाय , बन कायालय, जिल्ला कमिटी संग समन्वय गरि चोक चोकमा आगो बाल्ने, सामुहिक आगो ताप्ने ब्यवस्था गराउने र गरिव , अशाय, बिप्नन परिवार लाई प्राथमिकता साथ सहयोग निर्णय भएको प्रवक्ता कटवालले बताए ।