२२ कार्तिक २०८३, आइतबार

पशु सेवा केन्द्रका कर्मचारी सडकभन्दा ५० मिटर तल मृत फेला परे

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मीना बुढाथोकी

सल्यान, ३ माघ । सल्यानमा मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । बागचौर नगरपालिका वडा नम्बर ९ कोटमौला डाँगीगाउँका ५४ वर्षीय पूर्णबहादुर डांगीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

डांगी पशु सेवा कार्यालय अन्तर्गत बागचौर नगरपालिका पशु सेवा केन्द्रमा कार्यरत थिए । मंगलवार कार्यालयबाट घर फर्केका डाँगी बुधबार बिहानसम्म कार्यालय नआएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेका थिए ।

मंगलबार बेलुकी सडकबाट झण्डै ५० मिटर तल खसेका डाँगी बुधबार बिहान मात्रै फेला परेका हुन । घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।