नुवाकोट, १८ मंसिर । नुवाकोट जिल्ला अदालतले एक युवालाई २० वर्ष कैद र पीडितलाई क्षतिपुर्तिको सजाय सुनाएकोे छ ।
दुईजना महिलालाई बेचेको आरोपमा मदानपुर–१ का २७ वर्षीय अमृतबहादुर नेपालीलाई अदालतले २० वर्ष कैद र पीडित महिलालाई २ लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको हो ।
जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको एकल इजालसले यस्तो सजाय सुनाएको हो । दुई वर्षअघि नेपालीले नुवाकोटका दुई युवतीलाई भारतको कोलकात्तामा लगेर बेचेका थिए ।















प्रतिक्रिया