मलेसिया । मलेसियाको इतिहासमै पहिलो पटक प्रवासी थारु सेवा समाजले माघी महोत्सव तथा प्रथम वार्षिक उत्सव भव्यताको साथ मनाएको छ ।
थारु समुदायको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी रहेका थिए । विशेष अतिथीमा मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमान सिंह वस्न्यात रहेका थिए । समाजका अध्यक्ष मनिराम चौधरीको सभापतित्वमा सुरु भएको थियो ।
कार्यक्रममा एनआरएनएका महासचिव सुन्दर आले, एनआरएनएका पूर्वअध्यक्ष शंकरबहादुर पौडेल, जनजाति महासंघ मलेसियाका अध्यक्ष पिटी शेर्पा, किरात राई यायोखा प्रतिनिधि भीम बानु किराँती, नेपाल मगर संघ मलेसियाका रमेश थापा मगर, नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाका महामन्त्री योगेन्द्र कोइरलालगायतको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया