६ कार्तिक २०८३, शुक्रबार

युवालाई स्वदेशमै रोजगारको उचित वातावरण बनाउनुपर्छः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-finalकाठमाडौँ, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगार व्यवसायीलाई मर्यादित र विश्वसनीय हुन आग्रह गर्नुभएको छ ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको प्रथम वार्षिक साधारणसभाको बिहीबार राजधानीको अल्फाबीटा हाउसमा उद्घाटन गर्दै अध्यक्ष ओलीले कामका लागि विदेसिने युवालाई अनेक दुःख, झन्झट दिने तथा उनीहरूमाथि तोकिएअनुसार पारिश्रमिक नदिने, ठगी गर्नेजस्ता प्रवृत्तिको अन्त्य गराउन व्यवसायीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कामका लागि युवालाई स्वदेशमै उचित रोजगारको वातावरण निर्माण गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भन्नुभयो–‘राष्ट्र निर्माणमा समर्पित हुनुपर्ने ठूलो सङ्ख्याका युवा विदेशमा काम गर्न जान बाध्य छन्, यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’
कार्यक्रममा महासचिव इश्वर पोख्रेल, मञ्चका अध्यक्ष टंक राउतलगाएतले पनि बोल्नु भएको थियो ।