बाजुरा, १ माघ । बडिमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज जोशीले वडामा बसोबास गर्ने बृद्धबृद्धा र अनाथ बालबालिकालाई सहयोग गरेका छन् । बृद्धबृद्धालाई चिसो छल्न कम्मल र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।
निर्वाचित भएसँगै आफूले पाउने सुविधाको ३० प्रतिशत रकम अनाथ बालबालिका र बृद्धबृद्धालाई सहयोग गर्ने उद्घोष गरेका थिए । प्रतिबद्धता अनुसार नै उनले ५ जना बृद्धबृद्धा र ५ जना अनाथ बालबालिकालाई सहयोग गरेका छन् । प्रति व्यक्ति एक हजार बढीका दरले १० हजार बराबरको सामाग्री सहयोग गरेका हुन् ।
वडा अध्यक्षले पाउने बैठक भत्ता वापतको सुविधाबाट व्यक्तिगत रुपमा सहयोग गरेको उनको भनाई छ । वडा कार्यालय उद्घाटन समारोहको अवसर पारी पूर्व घोषित कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि हस्तान्त्रण गरेको हुन् ।
यसैविच, वडा नम्बर ७ को कार्यालय पनि उद्घाटन गरिएको छ । स्थानीय सरकार गाउँमा पुगेको र जनप्रतिनिधि जनता प्रति उत्तरदायि बनेको सन्देश प्रवाहकै लागि एकै दिन उद्घाटन समारोह र सामाग्री हस्तान्त्रण गरेको वडाध्यक्षले बताएका छन् ।












प्रतिक्रिया