दोहा (कतार), १ माघ । नेपाल-कतार व्यवसायी संघ कतारको अध्यक्षमा महेन्द्र चम्लागाईं चयन भएका छन् ।
कतारमा रहेका नेपालीहरुको भेलाले चम्लागाईंलाई अध्यक्षमा चयन गरेको हो । देवकाजी डंगोल संरक्षक रहने गरी उपाध्यक्षहरुमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द केसी चयन भएका छन् । संघको महासचिवमा सागर नेपाल, सचिवमा उमेश अधिकारी, सह–सचिवमा रमेश भट्ट र कोषाध्यक्षमा चुडामणी कार्की चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा नविन सत्याल, डा. नितेश अर्याल, श्याम भुसाल, अबदुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, विकास प्रसाइँ, पूर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल रहेका छन् ।
नवगठित टोलीले १४ जनवरीका दिन नेपाली राजदूतावासमा राजदूत रमेशप्रसाद कोइरालासँग प्रत्यक्ष भेटघाट गरी संघको बारे जानकारी गराएको थियो । भेटमा राजदूत कोइरालाले नवगठित व्यवसायी संघलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए ।
कतारमा विगत सन् २००० देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु एक आपसमा समस्या पर्दा आपसिक सहयोग गर्ने, नेपाल र कतारको व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने र नेपालमा कतारका व्यवसायीहरुलाई लगानी गर्नको लागि पहल गरी नेपालको आर्थिक विकासमा टेवा पु¥याउने विश्वासका साथ नेतृत्व लिएको चम्लागाईले दैनिक नेपाललाई बताए ।
कतारमा करिब एक हजार भन्दा बढी नेपाली व्यवसायीहरु रहेको अनुमान छ । कतारमा करिब चार लाख नेपालीहरु कार्यरत छन् । भारतीय व्यवासायीहरुको बाहुल्यता रहेको कतारमा नेपाली व्यवसायीहरुको संख्या न्यून रहे पनि तुलनात्मक रुपमा नेपालीहरुले शिर उच्च राख्न सफल भएको संघका सदस्य पूर्ण पोखरियाले बताए ।















प्रतिक्रिया