६ कार्तिक २०८३, शुक्रबार

तलब नआएपछि क्लिनिक सञ्चालनमा कठिनाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctorतौलिहवा, १८ मंसिर । कर्मचारीको तलब नआएपछि  ढेड वर्षअघि मात्र सञ्चालित कपिलवस्तु नगरपालिका–१२ डेरवामा सञ्चालित सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा कठिनाइ भएको छ ।

क्लिनिकमा कार्यरत तीन कर्मचारीले लामो समयदेखि तलब नपाएपछि सो सञ्चालनमा कठिनाइ भएको हो ।

गत वर्ष कपिलवस्तु नगरपालिकाले भवन निर्माणका लागि आएको रकमले कर्मचारीलाई तलब खुवाए पनि त्यसपछि रकम नआएपछि सञ्चालनमा ठूलो समस्या आइपरेको छ । स्वास्थ्य सेवा विभागको सहरी स्वास्थ्यअन्तर्गत पुनः जागरण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालयले क्लिनिक सञ्चालन गरिएको हो ।

महाशाखाले चालु आर्थिक वर्षदेखि बजेट उपलब्ध नगराएपछि पदपूर्ति गरिएका कर्मचारीले  विगत पाँच महिनादेखि तलब पाएका छैनन् । तौलिहवा अस्पतालबाट चार किलोमिटर टाढा रहेको तीनवटा वडाका नगरवासीलाई लक्षित गरी भिक्षु थगोरुसिङ्गे सडकअन्तर्गत डेरवामा क्लिनिक सञ्चालन गरिएको हो ।

महाशाखाले क्लिनिकका तीन कर्मचारीको तलबभत्ता र भवन निर्माणका लागि विगतमा बजेट पठाए पनि अहिले रोकिएको स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक अनन्त शर्माले बताउनुभयो ।

क्लिनिकका अहेव सुरेशप्रसाद गुप्ताले पाँच महिनादेखि पारिश्रमिक नपाउँदा आफूहरुलाई ठूलो समस्या परेको बताउनुभयो । आफूहरुको समस्या समाधानका लािग कसैले ठोस पहल नगरेको गुनासो उहाँले गर्नुभयो ।

नगरपालिका कार्यकारी अधिकृत दिवाकर भुजेलले कर्मचारी र औषधिको जिम्मा स्वास्थ्य कार्यालयको रहेकाले त्यसको व्यवस्थापन उसैले गर्नुपर्ने बताउनुभयो ।