२२ कार्तिक २०८३, आइतबार

करेन्ट लागेर एकको मत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान (सिराहा), १ माघ । करेन्ट लागेर सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डामा गएराति एक युवकको मत्यु भएको छ ।

विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर पोखरभिण्डा निवासी २३ वर्षीय गोविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा बिजुली बत्ती बाल्नका लागि हुकिङ गर्ने क्रममा अचानक एक फेज तार चुँडिएर करेन्ट लाग्दा यादवको तत्काल मृत्यु भएको प्रत्यक्षदर्शीले बताए । –रासस