२२ कार्तिक २०८३, आइतबार

जनप्रतिनिधिले सहज रुपमा सेवा दिनुपर्छः महेश बस्नेत

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । नागरण नेपालको आयोजनामा भक्तपुर नगरपालिकाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि दुई दिने नेतृत्व विकास तालिम गरिएको छ ।

निर्वाचित जनप्रतिनिधिहरूको भूमिका, जिम्मेवारी तथा काम, कर्तव्य, अधिकारका विषय, नेतृत्व बिकास जनवकालत जस्ता विषयमा सहयोग पुगाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा संघीय संंरचनाअनुसार स्थानीय तहलाई प्रत्यायोजन गरेका अधिकार, त्यसको कार्यान्वयनको प्रक्रिया सहित न्यायिक ऐन कानूनका बारेमा जनाकारी गराइएको थियो ।

सहभागीहरूले तालिम आफूहरूको लागि पहिलो भएको भन्दै काम, कर्तव्य र अधिकारका विषयमा स्पष्ट भएको बताए ।

भक्तपुर जिल्ला क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सहभागी जनप्रतिनिधिहरूलाई राष्ट्रको समृद्धिको लागि क्रियाशील रहन र स्थानीय नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सुझाव दिए ।