३१ आश्विन २०८३, शनिबार

एफसी केन्ट भेटरेन्सको च्यारीटी नाईट सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केन्ट, बेलायत । गत १४ जनवरी २०१८ को दिन बेलायतको फक्सटनमा एफसी केन्ट गोरखा भेटरेन्सले अन्तिम च्यारीटी नाईट सम्पन्न गरेको छ ।

नेपालीहरूले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँससँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाएयता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो ।

आउदो फरवरी २० देखि ९ मार्च २०१८ भित्रमा काठमाडौं र पोखरामा गएर खेलिने च्यारिटी खेलका लागि गोर्खा वेलफर ट्रस्टसँग सहकार्य गरेर यस च्यारिटी फण्ड राईज गर्न शुरु गरेको क्लबका प्रवन्धक बुद्धि सुनुवारले बताए ।

फण्ड राईज गर्न बेलायतको केन्ट एरियाको ३ ठाँउहरुमा क्रमशः आशफोर्ड, मेडिस्टन र फक्सटनमा गर्ने योजना भए अनुसार गत १४ जनवरी २०१८ को दिन फक्सटन नेपाली कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङ र १ आरजीआरका गोरखा मेजर सुरेश कुमार थापाको आतिथ्यमा बेलायतको फक्सटनमा यस क्लबले अन्तिम च्यारीटी डिनर नाईट सम्पन्न गरेको छ ।

बेलायतमा भएको डिनर लाईट र नेपालका २ ठाँउहरूमा खेलिने खेलबाट उठेको रकमलाई काठमाडौंमा गोर्खा वेलफर ट्रस्ट नेपालको माताहतबाट अनाथ बालबालिका तथा बाल आश्रमलाई दिने र पोखरामा साहारा यूथक्लबलाई हस्तान्तरण गर्ने क्लबको योजना रहेको पनि प्रवन्धकले जानकारी दिए ।

क्लबले नेपालमा गएर खेल खेल्नलाई बेलायतको बिभिन्न ठाँउमा अभ्यास खेलपनि खेलिरहेकको टिम कोच लोक चेम्जोङले जानकारी दिएका छन् ।

साँझको ५ बजेबाट सुरु भएर रातको १० बजे सकिएको उक्त कार्यक्रम भास्कर राईको सम्योजन र टिमकोच लोक चेम्जोङ्ले सञ्चालन गरेका थिए ।