२२ कार्तिक २०८३, आइतबार

थाइल्याण्डमा रहेका एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा जानु भएको अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उहाँका स्वकीय सचिव एलिस दाहालले जानकारी गराउनुभयो ।

‘‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’’ दाहालले भन्नुभयो–‘‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।’’

अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहनु भएको छ ।

निर्वाचनको दौडधुपका कारण चिकित्सकको सल्लाहअनुसार उहाँ स्वास्थ्य परीक्षण गराउन बँैकक जानु भएको हो ।

उहाँ यही पुस २६ गते धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक जानुभएको हो । अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराउनुभयो । रासस