– अर्जुन बराल
दक्षिण कोरिया, ३० पुस । कोरिया सरकारले अबैधानिक कामदार व्यवस्थापन गर्नको लागि नयाँ ऐन ल्याएको छ । कोरिया सरकारको श्रम मानव अधिनियम ऐन र दुर्घटना बिमा अधिनियम ऐन सम्बन्धी दुई ऐन ल्याएको हो ।
दक्षिण तथा मध्य एसियाका कुल सोह्र राष्ट्रबाट रोजगार अनुमती प्रणालीमार्फत बार्षिक पचास हजार भन्दा बढी आप्र्रवासी कामदारहरु दक्षिण कोरियो जाने गर्नछन् । दक्षिण कोरिया सरकारको श्रम मानव अधिनियम ऐन र दुर्घटना बिमा अधिनियम ऐनले आप्रबासी बैधानिक तथा अबैधानिक कामदार र कोरियाली कामदार दुबैलाई औधोगिक दुर्घटना पश्चात पाउनुपर्ने क्षतिपूर्तिलाई विभेद नगरी श्रम मन्त्रालयको क्षतिपूर्ति दाखिला फारमविना पनि समानरुपमा क्षतिपूर्ति पाउन योग्य रहेको घोषणा गरेको छ ।
अबैधानिक आप्रवासी कामदार औधोगिक दुर्घटनामा परेको खण्डमा रोजगारदाताले प्रमाण अपुगको साथै अस्पतालका नर्शहरुले रोजगारदाताको अनुरोधमा घटनालाई लुकाउने गरेका थिए । औधोगिक दुर्घटनाबाट राज्यको बीमा योजनामा दाखिला गर्नुपर्ने उच्च क्षतिपूर्ति रकम भुत्तानी गर्नबाट बच्न साथै कामदारको भाषा अज्ञानताको कारण देखाउँदै दुर्घटना पश्चात पाउनु पर्ने औषधी उपचार र उपचारका समयको कुल मासिक न्युनतम ज्याला दिन ईन्कार गरेका घटना सर्बेक्षणका क्रममा प्राप्त गरेका कारण सरकारले समान रुपमा क्षतिपूर्ति भुत्तान योजनालाई कार्यान्वयन गर्ने भएको हो ।
कोरियाको श्रम ऐनमा आप्रबासी अबैधानिक कामदारलाई रोजगार दिने रोजगारदाता पनि कारवाहीको भागिदार बन्ने नियम हुँदाहुँदै सरकारको ऐन नियमको परिपालन नगरि अबैधानिक कामदारलाई रोजगार दिलाउने रोजगारदाताहरुलाई अनिवार्य जरिवाना लक्षित गरि कानुन परिमार्जनसहित समान दुर्घटना क्षतिपूर्ति योजना ल्याईएको बताइएको छ । यस नियमबाट अबैधानिक कामदारको समस्या हट्न मद्दत पुग्ने र बैधानिक कामदारको आपूर्तीमा बृृद्धि गरिने सरकारवालाको दाबी छ ।















प्रतिक्रिया