काठमाडौँ, ३० पुस । प्रहरीले छुट्टाछुट्टै स्थानबाट जुवातास खेल्नेलाई ४३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित होटल ल्याण्ड मार्कको तेस्रो तलामा कौडा खेलिरहेका २७ जनालाई नगद ३ लाख ८९ हजार ५ सय २० रुपैयाँ, १ सय अमेरिकन डलर र १६ थान कौडा सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित ५५ वर्षीय कान्छामान लामाको घरमा जुवातास खेलीरहेका लामा समेत १० जनालाई ६ बुक तास र नगद ८० हजार ६ सय ४० रुपैयाँसहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै, पोखरा लेखनाथ महानगरपालिका–१८ खपैदीस्थित स्युर स्पोर्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेका सोही ठाउँस्थित लेकसाईड बस्ने ५८ वर्षीय कृष्ण पौडेल समेत ६ जनालाई ३ बुक तास र नगद ५० हजार २ सय ४० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।












प्रतिक्रिया