स्पेन । रोजगारीको लागि स्पेनमा बस्दै आएका लमजुङका अमरजंग गुरुङको मृत्यु भएको छ ।
हृदयघातका कारण गुरुङको निधन भएको उनका साथीहरूले बताएका छन् । गत वैशाखमा बिहे गरेर स्पेन गएका दोर्दी गाउँपालिका २, सल्लाबोटका २८ वर्षीय गुरुङको निधन भएको साथीहरूले बताएका छन् ।
स्थानीयका अनुसार घटना गत २४ गते राति नै भए पनि परिवारलाई भने जानकारी गराएका थिएन । घटनाबारे परिवारलाई जानकारी गराएको र गुरुङको शवलाई छिटो नेपाल लगिनेछ ।
स्पेनको क्याटलोनिया क्षेत्र अन्तर्गत बार्सिलोनास्थित एक रेष्टुरेन्टमा काम गर्दै आएका अमरजंग गरुङ ड्युटी सकेर डेरामा फर्किएपछि राति ह्दयघात भएको अनुमान उनका साथीहरूले गरेका छन् ।
सन् २०११ देखि स्पेनमा बस्दै आएका उनी गएको वैशाखमा फर्केर विवाह गरी पुनः स्पेन फर्केका थिए । तीन दाजुभाइमध्ये उनी कान्छो छोरा हुन् । घरमा पत्नि, बुवाआमा लगायत परिवारका अन्य सदस्य रहेका छन् ।















प्रतिक्रिया