३० आश्विन २०८३, शुक्रबार

ह्यामण्डद्वारा इयूलाई ब्रेक्जिटका बिषयमा भ्रम सिर्जना गर्न खोजेको आरोप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्लिन, जर्मनी, ३० पुस । बेलायतका अर्थमन्त्री फिलिप ह्यामण्डले ब्रेक्जिटका बिषयमा भ्रम सिर्जना गर्न खोजेको भनी यूरोपेली सङ्घ (ईयू) को आलोचना गर्नुभएको छ ।

उहाँले भन्नुभयो,“बेलायतको इयूबाट बहिर्गमनको प्रक्रिया अघि बढिसकेको अवस्थामा इयूल बेलायतलाई ‘सजाँय’ दिने धम्की दिन रोक्नुपर्ने साथै ब्रेक्जिटपछिको सम्बन्ध कस्तो बनाउने भनी सकारात्मक धारण विकास गर्नुपर्छ ।”

बेलायती अधिकारीले ब्रसेल्समा हुने ब्रेक्जिट वार्तालाई सकारात्मक बनाउन निकै कडा मेहनत गर्ने दावी गर्दै यसमा इयूको पनि सकारात्मक पहल रहनुपर्ने बताउनुभयो ।

जर्मनीको एक साप्ताहिक पत्रिका, वेल्ट आम सोन्टागलाई शनिबार छापिएको अन्तवार्तामा उहाँले भन्नुभयो, अब पनि बेलायतले ब्रेक्जिटबाट फर्किने आशा राख्नु ‘भ्रम सिर्जना गर्नु’ शिवाय केही होइन । – एपी