३० आश्विन २०८३, शुक्रबार

साउदीमा महिलाहरुले अब फुटबल प्रतियोगीतामा सहभागी हुन पाउने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साउदी अरबका महिलाहरु पहिलो पटक स्टेडियममा गएर फुटबल खेल हेर्दैै । तस्विरः एपी/गेट्टी इमेज

रियाद, २९ पुस । साउदी अरबका महिलाहरु पनि अबको दिनहरुमा फुटबल प्रतियोगीतामा सहभागीता जनाउन पाउने भएका छन् । पहिलो पटक शुक्रबार फुटबल प्रतियोगीतामा सहभागी भई साउदी महिलाले नयाँ इतिहास बनाएका छन् ।

जेद्दाहामा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहहरु पहिलो पटक सहभागी जनाएर नयाँ इतिहास रचेका हुन् । यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो । अब आफ्ना परिवारजनसँग फुटबल प्रयोगीता हर्न वा र प्रयोगीतामा सहभागी हुन पनि सरकारले खुल्ला गरेको छ ।

हालै मात्र साउदी अरबको सरकारले किङ अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई पनि खुल्ला गरेको हो । रंगशालामा महिला दर्शकहरुका लागि छुट्टा छुट्टै प्रबेशद्वार, शौचालय, पार्किङस्थल लगायतको व्यवस्था गरिएको छ ।

तस्विरः अमेर हिलाबी/एपी/गेट्टी इमेज

प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरुले नयाँ स्वतन्त्रताको पहिलो पटक फाईदा उठाएका छन् । यस बर्षको मध्यबाट साउदी सरकारले महिलाहरुलाई सवारी साधन चलाउन र चलचित्र हलहरुमा गएर चलचित्र हेर्न पाईने व्यवस्था पनि गर्ने निर्णय गरेको छ । साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सबैभन्दा धेरै अनुदार मुलुक मानिन्छ । –रासस/सिन्ह्वा