२२ कार्तिक २०८३, आइतबार

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा शाक्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ पुस । साना तथा मझौला व्यवसायी महासंघ, नेपालको चौथो महाधिवेशन तथा १३ औँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले शुक्रबार सम्पन्न भएको महाधिवेशन र नयाँ कार्यसमिति बारे जानकारी गराएको हो ।

शुक्रबार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मतीमा चयन गरेको छ । नवनियुक्त अध्यक्षमा गुह्य रत्नशाक्य, सह–अध्यक्ष गणेश बहादुर सुवेदी, बरिष्ठ उपाध्यक्ष गिरी राजगौतम, प्रथम उपाध्यक्षहरु सरोज श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, द्धितीय उपाध्यक्षहरु बलराम भण्डारी, मदनमहर्जन र हिरा बहादुर प्रधान, तृतीयउपाध्यक्षहरु नरेश प्रसाद सिंह, शैलेन्द्र मोहनझा र चतुर्थ उपाध्यक्षमा मोहिनी विलास लुईंटेल निर्वाचित भएका छन् ।

त्यस्तै महिलाउपाध्यक्षहरुमा यमुनादेवी श्रेष्ठ र विष्णु घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । यता वस्तुगत संघहरु मध्येबाट उपाध्यक्षमा माधव केसी, एसोसियट सदस्यहरु मध्येबाट उपाध्यक्ष विजु शाक्य, महासचिव सुमन सुवाल, कोषाध्यक्ष धर्मनन्द श्रेष्ठ, सचिव विश्वराम दुवाल, सह–कोषाध्यक्ष यज्ञ बहादुर थापा निर्विरोध निर्वाचित भएको महासंघले जनाएको छ ।

शाखा÷जिल्ला संघबाट महिला समेत सदस्य(केन्द्रिय) केदार कुमार कटुवाल, सलिना लामा, सुवास महर्जन, कृष्णप्रसाद शर्मा, शर्मिला कार्की, रेखाबहादुर अधिकारी, छेटुप तामाङ् र कोमल प्रसाद उपाध्याय निर्वाचित भएका छन् ।