६ कार्तिक २०८३, शुक्रबार

भारतबाट आउँदै गरेका छ जना मजदुर सीमामा यसरी लुटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lutara-1भीमदत्तनगर, १७ मंसिर । भारतबाट आउँदै गरेका ६ जना नेपाली मजदुर सीमा क्षेत्रमा लुटिएका छन् । मजदुरी गरेर घर फर्किरहेका नेपाली मजदुर सीमा क्षेत्रमा लुटिएका हुन् ।

गत तीन दिनमा छजना लुटिएको उनीहरूलाई सहयोग गर्ने सहारा समूह नेपालका राजबहादुर चौधरीले बताउनुभयो ।

आइतबार भारतको सिमलाबाट फर्किएका जाजरकोटको झाप्रा गाविस–२ का १७ वर्षीय ललित शाही र २० वर्षीय जयबहादुर शाही लुटिएका हुन् ।

दुवै जनाबाट २०/२० हजार रुपैयाँ लुटिएको बताएका छन् । नास्ता खाएर सुतेको अवस्थामा लुटिएको उनीहरूले बताएका छन् ।

त्यस्तै सोमबार जाजरकोटकै खक्यानकोट गाविस–५ का १९ वर्षीय भुपेन्द्र थापा र १५ वर्षीय प्रेम राना मगर लुटिएका छन् । भारतको उत्तराखण्डस्थित जोसिमठबाट काम गरेर घर फर्कँदै आएका थिए । प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार उनीहरूसँग भएको २० हजार रुपैयाँ पनि लुटिएको हो ।

यसैगरी मङ्गलबार जाजरकोटकै झाप्रा गाविस–१ का १५ वर्षीय रवीन्द्र नेपाली र प्रकाश नेपाली पनि लुटिएको प्रहरीले जनाएको छ ।

भारतको रिमाबाट काम गरेर घर फर्किरहेका उनीहरू हल्द्वानी बसपार्कमा लुटिएको बताएका छन् । उनीहरूसँग भएको १२ हजार रुपैयाँ पनि लुटिएको प्रहरीले जनाएको छ ।