काठमाडौं, २८ पुस । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
बैठकबाट सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने तथा अस्थायी केन्द्र तोक्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । साथै केही प्रशासनिक निर्णयहरु पनि हुने बताइएको छ ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै नै प्रदेश प्रमुख तोक्ने तयारी रहेको बताएका थिए ।
प्रधानमन्त्री देउवाले बिहीबार बस्नुपर्ने बैठक सार्वजनिक बिदा परेकाले शुक्रबार बोलाएका हुन् ।












प्रतिक्रिया